Logo

अर्मेनियामा प्रधानमन्त्रीविरूद्ध प्रदर्शन



यरेभान, अर्मेनिया, १७ जेठ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले आफ्नो नियन्त्रणमा रहेको बाकु क्षेत्र अजरबैजानलाई फिर्ता गर्न सहमति गरेको भन्दै हजारौँ अर्मेनियाली नागरिकले बिहीबार राजधानी येरेभानमा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले सन् १९९० को दशकदेखि आफ्नो नियन्त्रणमा रहेको बाकु क्षेत्र गत महिना फिर्ता गर्न सहमति जनाएपछि अर्मेनियामा विरोध प्रदर्शन सुरु भएको थियो ।

प्रभावशाली धर्मगुरू बग्राट गालस्तान्यानले दिएको चुनौतीका बावजुद पनि पाशिन्यानको स्थिति अविचलित छ ।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताका अनुसार बिहीबार प्रधानमन्त्री पाशिन्यानले मन्त्रीमण्डलको साप्ताहिक बैठकको अध्यक्षता गरिरहेको समय हजारौँ प्रदर्शनकारी येरेभानको मध्य क्षेत्रमा रहेको ‘रिपब्लिक स्क्वायर’मा भेला भएका थिए ।

प्रदर्शनकारीहरूले त्यस क्षेत्रमा आफ्नो कारसहित यातायात अवरुद्ध पारेका थिए भने उनीहरूको सडकको अवरूद्धतालाई हटाउन तैनाथ दङ्गा प्रहरीसँग केही बेर झडप भएको थियो ।

“हामी प्रधानमन्त्री पाशिन्यानलाई यो देशमा उनको कुनै काम छैन भनेर बताउन आएका हौं,” गालस्तान्यानले भीडलाई भने ।

गाल्स्तान्यानले पाशिन्यानविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन खोज्नुभएको छ र सोमबार अस्थायी रूपमा आफ्नो धार्मिक पदबाट राजीनामा दिएर प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताइरहेका छन् ।

तर अर्मेनियाली र क्यानेडियाली दोहोरो नागरिकता भएका कारण उनी अर्मेनियाली कानुनअनुसार प्रधानमन्त्री पद धारण गर्न योग्य छैनन् । महाभियोग प्रक्रिया सुरु गर्न विपक्षी दलसँग संसद्मा पर्याप्त सिट छैन ।

अजरबैजानलाई आफ्नो भूभाग सुम्पिने अर्मेनियाको निर्णयलाई लिएर प्रदर्शन केन्द्रित भएको छ ।

अजरबैजानले दशकौंअघि कब्जा गरेका चार वटा सीमावर्ती गाउँहरूलाई अर्मेनियाले बाकुसँग शान्ति कायम गर्ने उद्देश्यले फिर्ता गरेको भन्दै पाशिन्यानले आफ्नो निर्णयको बचाउ गरेका थिए।

ककासस प्रतिद्वन्द्वीहरूले नागोर्नो–काराबाख क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध लडेका छन् । तीन दशकदेखि अर्मेनियाले प्रभाव जनाउँदै आएका पहाडी क्षेत्रका विवादास्पद गाउँहरू अजरबैजानले गत वर्ष पुनः कब्जा गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्