Logo

गृहमन्त्री लामिछानेले संसदीय समितिलाई दिएनन् समय



काठमाडौं, १७ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन प्रहरीलाई दिएको निर्देशनलाई लिएर चौतर्फी आलोचना सुरु भएको छ । गृहमन्त्री लामिछानेले यसअघि ट्राफिक कारबाहीमा परेर क्लास लिनुपर्ने प्रतिकृतिका कसुरमा स्वेयंसेवक बनाएर सडकमा खटाउन निर्देशन दिएका थिए । गृहमन्त्री लामिछानेको निर्देशन बमोजिम हिजोबाट नै मापसेलगायतका कसुरमा ट्राफिक कारबाहीमा परेकाहरु स्वेयंसेवकको रुपमा सडकमा उत्रिएका छन् । गृहमन्त्रीको निर्देशनअनुसार भइरहेको उक्त कार्य गोपनीयताको हकविरुद्ध र विना मूल्य श्रममा लगाउनु मानव अधिकारको हननको रुपमा व्याख्या हुन थालेको छ ।

सोही विषयलाई लिएर प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीसँग जवाफ मागेको छ । समितिले भोलिको बैठकमा उपस्थित भएर जवाफ दिन भनेको भएपनि गृहमन्त्री लामिछानेलाई भोलि नभ्याउने भन्दै बैठकमा उपस्थित हुन अस्वीकार गरेका छन् ।

समितिका सभापति सभापति रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री लामिछानेले भोलिको बैठकमा उपस्थित हुन नसक्ने जवाफ पठाएको बताए । रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा खतिवडाले भने, हामीले भोलि संसदीय समितिमा गृहमन्त्रीलाई जवाफ माग्न बोलाएको थियौं । मापसे गरेका मानिसहरुलाई सडकमा कुन कानुनअनुसार खटाएको हो ? हामीले त्यसको जवाफ खोजेका थियौं । तर, उहाँले समय दिनु भएन । ट्राफिक प्रहरी भन्दा पनि स्पेसल फोर्स हो । यसरी ट्राफिकले गर्ने काम जाँड खाएका मान्छेलाई सडकमा उतारेर झन दुर्घटना बढाउन खोजेको हो ?’

साथै, गृहमन्त्रीलामिछाने पहिला नबोलाउँदा पनि बैठकमा सहभागी भएको र अहिले भने आउन अस्वीकार गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘कहिले नबोलाउँदा पनि समितिको गरिमा बढ्छ जसरी उहाँ आफैं आउनुहुन्छ । भोलि उहाँको गरिमा बढाइदिउँ भनेर बोलाएको भ्याउँदिन भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्