Logo

चितवनको नारायणघाटमा एनसेल सेन्टर सञ्चालनमा



काठमाडौं, १७ जेठ । चितवनको नारायणघाटमा एनसेलले आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ नारायणघाट लायन्स चोकमा सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

आज (बिहीबार) चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले उक्त एनसेल सेन्टरको उद्घाटन गरे । त्यहाँबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायत सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्