Logo

खुकुरीले नेपाली रम संस्कृति प्रबर्द्धनका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउँदै



काठमाडौं, १७ जेठ । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘EduTainer’ हुन् ।

आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाई खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्नेछ । इयान बरेलले आफ्नो मिक्सोलोजि, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टरक्लास मार्फत प्रस्तुत गर्नेछन् । साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ (चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतः बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो ।

खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज प्रा.लि.’का महाप्रबन्धक सुभाष लामिछानेले भने, “हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । यस कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीहरूको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका प्रदान गर्नेछौँ । साथै यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीहरूको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिष्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत र व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्छ । हामी यसबाट अन्ततस् पूरा नेपाली रम संस्कृतिको स्तरोन्नती गर्न चाहन्छौँ ।”

सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम पारखीहरूमाझ प्रख्यात ब्रान्ड बनेको छ । उपभोक्ताहरूमाझ खुकुरी रमको एउटा विश्वास ‘हरेक पल तथा हरेक कथाहरूलाई एक अर्कामाझ साट्न प्रेरित गरी, ती रोचक पलहरूलाई अझ रोचक बनाई वर्षौँसम्म अमर राख्नु’ रहेको छ । इयान बरेलसँगको यस सहकार्यबाट, खुकुरीले हरेक व्यक्तिलाई आफ्ना कथाहरू विश्वसामु साट्न र विश्वस्तरको ज्ञान प्राप्त गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । हरेक चुस्कीसँगै स्वाद, संस्कृति र लामो ऐतिहासिक विरासतको अनुभव गर्न सम्पूर्ण उपभोक्तावर्गलाई खुकुरी रम प्रेरित गर्दछ ।



प्रतिक्रिया दिनुहोस्