Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार



काठमाडौं, जेठ १८ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । यसअघि विहिबार प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्