Logo

फेरि उपचारको लागि परिवारसहित भारत उडे प्रकाशमान सिंह



काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थप उपचारको लागि भारतको नयाँ दिल्ली प्रस्थान् गरेका छन् । केही समयअघि नेपालका चिकित्सकहरुको सल्लाहमा नै उनी भारत उपचारकोलागि गएका थिए ।

दुई साता भारत बसेर फर्किएका सिंह फेरि थप उपचारको लागि आज नयाँ दिल्ली प्रस्थान् गरेका हुन् । उनी पत्नी सिर्जना सिंह र छोराहरुसहित दिल्ली प्रस्थान् गरेको जनाईएको छ । उनको दिल्ली बसाई यसपटक भने अलिक लामो हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्