Logo

शहरी विकासमन्त्री बुढासँग नुवाकोट–ककनी फोहोर प्रभावित समितिका प्रतिनिधिले भेटे, के कुरा भयो ?



काठमाडौं, १८ जेठ । शहरी विकासमन्त्री धन बहादुर बुढासँग नुवाकोट ककनीको फोहोर प्रभावित क्षेत्रका फोहोरमैला ब्यवस्थापन सरोकार समितिका प्रतिनिधिहरुले भेटेका छन् । सिंहदरबारस्थित् मन्त्री बुढाको च्याम्बरमा भएको भेटवार्तामा फोहोर व्यवस्थापन र समस्याको समाधानकेन्द्रित छलफल भएको थियो ।

समितिको तर्फबाट अध्यक्ष नवराज ढुंगानाले आफ्ना कुरा राखेका थिए । उनले फोहोरले मान्छे बस्ने अवस्था नरहेको कुरा राखेका थिए । सो क्रममा मन्त्री बुढालो काठमाण्डौ उपत्यकाबाट निकिस्ने फोहोरमैला तत्काल उपत्यकामै व्यवस्थापन गर्नसक्ने अवस्था र विकल्प नरहेको अप्ठ्यारो अवस्था सुनाएका थिए ।

फोहोरको दीर्घकालीन समाधानको लागि उपत्यकाको फोहोर उपत्यका बाहिर लानेभन्दा पनि सधैंको चुनौतीका रूपमा रहेको फोहोरमैला व्यवस्थापनको दीर्घकालीन उपाय खोजी सरोकारवाला निकायसंग नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाई थियो ।

फोहोरमैला व्यवस्थापन जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषय भएकोले समितिले स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधारसहित ११ बुँदे माग मन्त्री बुढासमक्ष राखेको छ ।



प्रतिक्रिया दिनुहोस्