Logo

यी स्थानमा आज मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं, जेठ १९ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन, चट्या्ङ्ग र हावाहुरी सहित हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा चट्या्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही कोशी , मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्