Logo

काठमाडौं महानगरले भत्काएको सडक कालोपत्रे गर्दै सडक डिभिजन



काठमाडौं, जेठ २१ । फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको न्यूरोडस्थित जद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडकलाई सडक डिभिजन कार्यालयले कालोपत्र गरेको छ । सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरप्रमुख बालेन शाहले उक्त कदमको सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्।

महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । सडक डिभिजनले १६ जेठमा महानगरलाई पत्र काट्दै न्युरोड क्षेत्रमा खनेको सडक किनारलाई २ दिनभित्र पहिलाकै जस्तो बनाउन निर्देशन दिएको थियो । फोटोः रुटिन अफ नेपाल बन्द



प्रतिक्रिया दिनुहोस्