Logo

सिंहदरबारबाट एकसाथ बाहिरिए प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछाने, बालुवाटारमा आकस्मिक भेटवार्ता



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने सिंहदरबारबाट बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने एकै समयमा सिंहदरबारबाट बालुवाटारको लागि हुँकिएका हुन् ।

उनीहरुबीच बालुवाटारमा गम्भीर भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री दाहालले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । अहिले सिंहदरबारबाट बालुवाटारको लागि निस्किनुअघि प्रधानमन्त्री दाहालले माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रिय राजनीतिमा केही उथलपुथल हुने सम्भावना बढेको स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्