Logo

टी-२० विश्वकपः अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै युगाण्डा



काठमाडौं, जेठ २२ । टी–२० विश्वकपमा अफगानिस्तानले युगान्डाविरुद्धको खेलमा १८४ रनको लक्ष्य प्रस्तुत गरेको । गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षति १८३ रन बनाएको हो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुल्लाह गुरुबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि १५४ रन जोडे । गुरबाजले ४५ बलमा ७६ रन बनाए भने जादरानले ४६ बलमा ७० रन जोडे ।

युगान्डाका लागि ब्रायन मसाबा र कोसमास केवुटाले २२ विकेट लिए । दुई टोली पहिलो पटक आमनेसामने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्