Logo

भारतमा सम्पन्न मतदानको मतगणना सुरु, नतिजा आजै सार्वजनिक हुने



काठमाडौं, जेठ २२ । भारतमा लोकसभा निर्वाचन अन्तर्गत् सात चरणमा सम्पन्न मतदानको मतगणना आज सुरु हुँदैछ । नतिजा आज नै सार्वजनिक हुने बताइएको छ ।

भारतमा केन्द्र सरकारको नेतृत्व कसले गर्छ भनेर निर्वाचन परिणामलाई व्यग्रताका साथ पर्खिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) केन्द्रमा लगातार तेस्रो कार्यकालको प्रतीक्षामा छ ।

अर्कोतर्फ कंग्रेस र दर्जनौँ अन्य गैरभाजपा दलहरू सम्मिलत विपक्ष गठबन्धन आइएनडिआइएले बहुमत ल्याउने दाबी गरिरहेका छन् । १९ अप्रिलमा सुरु भएको मतदान सातौँ चरणमा गरी शनिबार समाप्त भएको थियो ।

निर्वाचन पछिका अधिकांश सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक ह्याट्रिक गर्ने प्रक्षेपण गरेका छन् । अधिकांश ‘एक्जिट पोल’ले मोदीको भाजपा नेतृत्वको एनडिए विजय उन्मुख रहेको देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्