Logo

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १७ सयले बढ्यो



काठमाडौं, जेठ २२ । आज नेपालमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्