Logo

काठमाडौंमा हावाहुरीसहित भिषण वर्षा



काठमाडौं, जेठ २२ । काठमाडौंमा हावाहुरीसहित भिषण वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अुनसार काठमाडौंका विभिन्न स्थानमा मौसम बदली भई हावाहुरीसहितको वर्षा भइरहेको छ।

महाशाखाले काठमाडौंमा मेघगर्जनसहित पानी पर्ने र हावाहुरी चलिरहेकाले आवश्यकत सावधानी अपनाउन आग्रह गरेको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्