Logo

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता



काबुल (अफगानीस्तान), २२ जेठ । पछिल्लो दुई दिनमा पाकिस्तान र इरानबाट ३०० भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्केको मङ्लबार सरकारी समाचार एजेन्सी बख्तरले जनाएको छ ।

दुई छिमेकी देशहरूमा वर्षौंसम्म शरणार्थीका रूपमा बसेका ३०३ परिवारहरू दुई दिन अघि आफ्नो मातृभूमिमा फर्केको जनाउदै राज्य नियन्त्रित मिडिया आउटलेटले आफ्नो रिपोर्टमा फिर्ता हुनेहरूको जम्मा संख्या खुलासा नगरी थपेको छ । दश लाख भन्दा बढी अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू, गत नोभेम्बरदेखि दुई देशबाट घर फर्कि रहेका छन् ।

अफगान कार्यवाहक सरकारले अफगानी शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा नबसी आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot