Logo

प्रधानमन्त्री प्रचण्ड पोखरामा



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल पोखरा पुगेका छन् । विशेष कामले पोखरा पुगेको बेलामा उनी घुमफिरमा समेत व्यस्त देखिएका छन् । उनको सचिवालयमा समेत काम गर्ने छोरी गंगाले प्रधानमन्त्री दाहालसँगको तस्विर सार्वजनिक गरेकी छिन् ।

यसअघि गंगाले चितवन बसाई र घुमाईका दुई वटा तस्विर सार्वजनिक गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री दाहाल बोल्ड राजनीतिक डिसिजन लिने तयारीमा छन् । सुरुमा उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने भएका छन् ।

यही शुक्रबारसम्म पदाधिकारी बैठक राखेर उनले पार्टीबाट सरकारमा सहभागी हुने सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ सेट पठाउनेगरि तयारी गरेका छन् । आज प्रधानमन्त्री दाहाल संखुवासभा पुगेका थिए । उताबाट काठमाडौं फर्किनेबित्तिकै उनी पोखरा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्