Logo

नवनियुक्त स्वास्थ्यमन्त्री यादवलाई मेडिसिटीमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, २२ जेठ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । अस्पताल भ्रमणमा पुगेका मन्त्री यादवलाई सो अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोसहित अस्पतालका पदाधिकारीले स्वागत गरेका थिए ।

मेडिसिटी अस्पताल नेपालको एकमात्रै एनएबीएच ईन्टरनेश्नल मान्यताप्राप्त अस्पताल हो । नेपाललाई हेल्थकेयरको हब (मेडिकल हब) बनाउने लक्ष्यसहित डा. महतोले मेडिसिटी सञ्चालनमा ल्याएका हुन् ।

उनले यस्तै अस्पताल देशका सातै प्रदेशमा सञ्चालनमा ल्याउनेगरि थालेका छन् । अहिले काठमाडौं बाहिर वीरगञ्जमा एक सय बेडको मेडिसिटी वयोधा अस्पताल सञ्चालनमा छ ।



प्रतिक्रिया दिनुहोस्