Logo

आइसिसी टी-२० विश्वकप : नेपालद्धारा नेदरल्याण्ड्ससामू १०७ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, २२ जेठ । जारी आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामू १०७ रनको लक्ष्य पेश गरेको छ ।

संयुक्त राज्य अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल १०६ रन बनाएर अल आउट भएको हो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका हुन् ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ क्रमशः ७ र ४ रनमा आउट भए । यस्तै, अनिल साह ११ रनमा आउट भए । कुशल मल्लले ९ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले जम्मा १ रन बनाए ।

सोमपाल कामी र सागर ढकाल शून्य रनमा आउट भए । गुल्सन झाले १४ रन जोडे । उता, करन केसीले भने १७ रन जोडे । झा र केसीले एक र दुई छक्कासमेत प्रहार गरेका थिए ।

DALLAS, TEXAS – JUNE 04: Nepal fans celebrate a boundary during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)



प्रतिक्रिया दिनुहोस्