Logo

भावी पुस्ताको सुरक्षित भविष्यको लागि पनि पर्यावरण बचाईराख्नुपर्छ : पूर्वमन्त्री डा.महतो



काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सुरक्षित भविष्यको लागि पर्यावरण जोगाउनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वमन्त्री महतोले नेपाल सरकारका तीनै तहका सरकार र नागरिकले मिलेर पर्यावरण संरक्षणको लागि सकारात्मक प्रयास जारी राख्नुपर्नेमा जोड दिएका छन् ।

उनले वातावरण जोगाउन साना तथा ठूला सबै प्रयास मूल्यवान हुने भन्दै यसको लागि योगदान गर्न सबै जिम्मेवार नागरिकसमक्ष अपिलसमेत गरेका छन् । डा. महतोले हाम्रो इकोसिस्टमलाई पुनर्जीवित गर्न र भावी पुस्ताहरूका लागि दिगो, सम्पन्न विश्व सुनिश्चित गर्न पनि आफूहरुको कदम त्यसतर्फ अग्रसर बनाउनु आजको आवश्यकत्ता भएको औंल्याएका छन् ।

वातावरण जोगाउनको लागि आजकै दिन मनाईने विश्व वातावरण दिवसमा वृक्षारोपण गर्नको लागि पनि उनको आग्रह छ । पछिल्लो समय बढ्दो शहरीकरण र विकास निर्माणको नाममा वातावरण खलबल्याउने काम भएको भन्दै तत्काल वातावरण जोगाउनको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि उनको सुझाव छ । वातावरण बिगारिए भोलि समाज नै नरहने उनको चिन्ता छ । file photo



प्रतिक्रिया दिनुहोस्