Logo

एक करोडबढीको लागतमा वडा कार्यालयको भवन निर्माण



झापा, २३ जेठ । दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ । सरकारको एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो ।

कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ । स्थानीय ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन् ।

“साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन”, वडाध्यक्ष हेमबहादुर कार्कीले भने, “अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot