काठमाडौं, जेठ २३ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।