काठमाडौं, जेठ २३ । बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट सांसद बनेकी हुन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराएकी हुन् ।
भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए । यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए ।