काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारले ल्याएको बजेट ६÷८ महिनापछि आँफैले काँध हाल्नुपर्ने अवस्था आउने हो कि भनेर टिप्पणी गरेका छन् ।
उनले अहिलेको संसद्मा धेरै नै उथलपुथल भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको बजेटको बारेमा धेरै नकारात्मक बोलिहाल्दा पछि अप्ठ्यारो हुने हो कि भनेर यस्तो टिप्पणी गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद थापाले यस्तो बताएका हुन् ।
उनले भने,‘यो बजेटबारे के बोल्ने भनेर म अल्झिएको छु । यो पनि छैन, त्यो पनि छैन् । त्यो पनि मिल्दैन् भनेर बोल्नुपर्छ । तर, त्यसरी बोलौं यति धेरै उथलपुथल भएको छ यो संसद्मा, ६/८ महिनापछि यो बजेट आँफैले काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ?’ Photo By: Mukunda Kalikote/ReportersNepal