Logo

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, एकैदिन १८ सयले बढ्यो



काठमाडौं, जेठ २४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ किर्तिमान राखेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि १८ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्