काठमाडौं, २४ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकपनि नियमित बैठक हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण स्विकृत गर्ने पनि बुझिएको छ ।
भारतमा यही शनिबार नयाँ सरकार बन्ने भएको छ । प्रधानमन्त्रीमा भाजपाबाट नरेन्द्र मोदी नियुक्त हुँदैछन् । उनको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री दाहाललाई पनि निम्तो आएको छ ।