Logo

नेपालको विकासको लागि मोदीको तेस्रो कार्यकाल सुखद् रहला : मनिष सुमन (भिडिओसहित)



काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता मनिष सुमनले नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ हुने विश्वास दिलाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

मोदी भारतमा प्रधानमन्त्री भएपछि नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धमा प्रगाढता देखिएको उनको टिप्पणी छ । उनले मोदीको तेस्रो कार्यकालमा नेपालको विकास र समृद्धिमा योगदान रहने विश्वास व्यक्त गरे ।

नेपालमा विकास नहुनुमा राजनीतिक अस्थिरता नै प्रमुख कारण रहेको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उथलपुथल नीतिको कारण गठबन्धनपनि तीन÷चार वटा बनिसकेको उनले गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्