Logo

यी हुन लिच्ची खानुको मुख्य फाईदा



काठमाडौं । अहिले लिच्चीको सिजन हो । तराई/मधेशमा त झनै बोटमा लिच्ची लटरम्म भैसकेका छन् । काठमाडौंका फलफूल पसलमा पनि लिच्ची भरिभराउ छ । लिच्ची स्वास्थ्यको लागि पनि राम्रो फल मानिन्छ ।

लिच्ची खाँदा स्वास्थ्यको लागि धेरै नै फाईदा छन् । यो बहुगुणी फल मानिन्छ । मस्तिष्कलाई राम्रो गर्ने, अनुहारमा चमक ल्याउनेदेखि तौल घटाउनसम्म यसको फाईदा मानिन्छ ।

लिच्ची खाँदा यसले तौल पनि नियन्त्रण गर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । लिच्ची कलेजो रोगको लागि निकै लाभदायी फल मानिन्छ । मधुमेहका विरामीको लागि पनि लिच्ची फलदायी मानिन्छ ।

लिच्ची बच्चाहरुलाई विहान खाली पेटमा भने दिन नहुने अध्ययन तथ्यांकले दाबी गरेका छन् । यस्तै, अधिक लिच्ची खाँदा छालाको एलर्जी हुने, घाँटी दुख्नेपनि हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot