Logo

हेराल्ड बास्केटबल प्रतियोगिता भोलिदेखि, ९७ टिमले प्रतिस्पर्धा गर्ने



काठमाडौं, २५ जेठ । ‘हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता’ भोलि (शनिबार) देखि सुरु हुने भएको छ ।

हेराल्ड इन्टरनेशनल कलेजको आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा ९७ टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । सहभागी सबै खेलाडीले छात्रवृत्ति भने पाउनेछन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगिता हेराल्डको धापासीस्थित आफ्नै कोर्टमा खेलाइने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot