Logo

हाँडीगाउँ घुम्न जान मेयर बालेन शाहको अपिल



काठमाडौं, २५ जेठ । काठमाडौं महानगरका मेयर बालेन शाहले हाँडीगाउँ घुम्न जानको लागि अपिल गरेका छन् । सहरी वातावरण सुधारका लागि सवारीसाधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झण्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे मनाईँदै आएको जनाउँदै हाँडीगाउँ घुम्न जान अपिल गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-

घुम्न जाउ है एतिहासिक हाँडीगाउँ ( नर : )

सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक सनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइदै आइएको छ ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।

यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
हामीले पुनस्र्थापनाको गुरुयोजना बनाइसकेका छौँ । यसका विविध पक्षमा सरोकारवालासँग छलफल गरेका छौँ । पृष्ठपोषण लिएका छौँ । हामीले सुधारका लागि बनाएको योजना ५ बर्षको मात्र होइन । मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएका छौँ ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् ।

हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रुपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य हो । कार फ्री डे र सडक महोत्सव यसको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने महागरको योजना छ । यस्ता एतिहासिक स्थानहरु जोगाउन सबैले हातेमालो आवस्यक छ ।



प्रतिक्रिया दिनुहोस्