Logo

डेनमार्कका प्रधानमन्त्रीमाथि बीच सडकमै आक्रमण



काठमाडौं, जेठ २६ । डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन माथि कोपेनहेगनको बीच सडकमै आक्रमण भएको छ । सडकको बीचमा रहेको स्क्वायरमा हिंडिरहेका बेल एक मानिसले उनी नजिक गएर हिर्काएको बताइएको छ ।

प्रधानमन्त्री माथि आक्रमण गर्ने व्यक्ति अहिले पक्राउ परिसकेका छन् । घटनाबाट प्रधानमन्त्री स्तब्ध र अचम्भित भएकी छन् ।युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले यो घटनालाई निन्दनीय कार्य भन्दै विरोध जनाएकी छन् ।

डेनमार्कको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री माथि आक्रमण भएको र आक्रमणकारी पक्राउ परेको जानकारी दिएको छ । घटनाका विषयमा विज्ञप्तिमा विस्तृत जानकारी भने दिइएको छैन ।

प्रहरीले आक्रमणकारीका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर आक्रमणकारी र आक्रमणको कारणका विषयमा केही खुलाएको छैन । आक्रमण डेनमार्कमा युरोपेली संघको निर्वाचन हुन दुई दिन अघि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot