Logo

पर्यटनमन्त्री तामाङसहित १ हजार साधक-साधिकालाई निःशुल्क गुर्जो चियाको सेवा



काठमाडौं, २६ जेठ । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको टोलीले योग शिविरमा सहभागी साधक साधिकाहरुलाई निःशुल्क गुर्जो चियाको सेवा गरेको छ ।

पतञ्जली योग समितिद्वारा हंश मणडप, पशुपतिमा आयोजित तीन दिवसीय बृहत् योग शिविरमा उपस्थित करिब एक हजार साधक तथा साधिकाहरुलाई निःशुल्क गुर्जो चियाको सेवा गरिएको अभियन्ता राजलवटले जानकारी दिए ।

सो क्रममा सबै साधकहरु उक्त चिया आनन्दपूर्वक थपी थपी सेवन गरेको उनको भनाई छ । निःशुल्क गुर्जो सेवामा शोभिता भट्टराईको सक्रिय सहभागिता रहेको थियो । योग शिविरमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पनि गुर्जोको चिया सेवन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्