काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको चाँजोपाँजो मिलाउनको लागि पार्टीका महासचिव देव गुरुङ नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सरिक हुन आएको निम्तो मान्न प्रधानमन्त्री दाहाल आज भारत जाँदैछन् । उनको भ्रमणको तयारीसमेत पूरा भैसकेको छ ।
भारत भ्रमणको मुखैमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाउने निर्णय भएकोले भ्रमण फितलो नहोस भनेर प्रधानमन्त्री दाहालले महासचिव गुरुङलाई भारत पठाएका हुन् ।
महासचिव गुरुङ प्रवास हेर्ने नेता लक्ष्मण पन्तपनि भारत गएका हुन् । राजदूत शर्माले भारत भ्रमणमा सहयोग नगर्ने बुझेर प्रधानमन्त्री दाहालले अघिल्लो दिन नै महासचिव गुरुङलाई दिल्ली पठाएका हुन् । प्रधानमन्त्री दाहाल अहिले दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्दैछन् । file photo