काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति डा. विनोद चौधरीले तेस्रो प्रधानमन्त्री कार्यकालको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । भारतको विकास र प्रगतिमा मोदीको नेतृत्व र समर्पणले काम गरेको उनको भनाई छ ।
मोदीको तेस्रो कार्यकालमा नेपाल–भारतबीचको सम्बन्धपनि नयाँ उचाईंमा पुग्ने सांसद चौधरीको विश्वास छ । मोदीले तेस्रो कार्यकालको लागि आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिँदैछन् । मोदीको शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहालपनि सरिक हुनेछन् । यसअघिका मोदीको शपथग्रहणमा सांसद चौधरीपनि सहभागी भएका थिए । यसपटक जाने वा नजाने भन्ने केही खुलाईएको छैन् ।