Logo

पार्टीमा जाँड रक्सी खाएर घैंटोमा चुर्लुम्म डुब्नेहरुलाई छुट नदिने माधव नेपालको चेतावनी



काठमाडौं, २७ जेठ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले युवाका नाममा जाँडरक्सी खाएर घैँटोमा चुर्लुम्म डुब्ने र भ्रष्टाचार गर्नेहरूलाई पार्टीमा छुट र स्थान नदिने चेतावनी दिएका छन् ।

आज (आइतबार) काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले युवा भन्ने तर जाँड रक्सीमा डुब्नेहरुलाई अब ठाउँ नहुने बताए ।

उनले भने,‘युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन सकिँदैन ।’ सो क्रममा उनले पपुलिजममा रमाउनेहरुले ठूलो भ्रम पार्ने काम गरेको भन्दै सचेत हुनपनि आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्