काठमाडौं, जेठ २८ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ। कोशी तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ भने लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै, आज राती कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ छ।