काठमाडौं, जेठ २८ । भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदैछन् ।
भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गरेका उनले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता समेत गरेका छन्। भेटमा उनीहरूबिच नेपाल–भारतबिच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी भारत गएका थिए ।