अर्घाखाँचील जेठ २८ । । नेकपा (एमाले) अर्घाखाँचीको अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार देखि सदरमुकाम सन्धिखर्कमा सुरु भएको अधिवेशनमा अध्यक्षमा भुसाल र सचिवमा तोज बहादुर रायमाझी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्ष र सहसचिव लगायतका पदमा भने निर्वाचन भएको थियो । उपाध्यक्ष पदमा शम्भु पोख्रेल ३ सय २४ मतका साथ विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी प्रेम नारायण गैरेले १ सय ९९ मत प्राप्त गरे ।
यस्तै उप–सचिवमा खगिस्वर पन्थीले ३ सय १४ मत लिएर विजयी भएका छन्,भने उनका प्रतिद्वन्द्वी श्रीकृष्ण भुसाल १ सय ८९ मत लिएर पराजित भए । यस्तै महिला तर्फबाट उपसचिव पदमा शिवकला बि.क.ले ३ सय४८ मत लिएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गीता भाटले १ सय ४९ मत लिएर पराजित भइन् ।
यस्तै महिला सदस्यमा कमला खनाल भण्डारी ,दिपा पन्थी आचार्य ,देवी थापा भुसाल मिश्रा आचार्य विजयी भएका छन् ।