Logo

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, जेठ २९। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्