Logo

आईसीसी टी–२० : आज क्यानडाको सामना गर्दै पाकिस्तान



काठमाडौं, जेठ २९ । अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा भिड्दैछन्। अमेरिकाको न्यूर्योकमा हुने समूह ‘ए’ अन्र्तगतको आजको खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा र त्यसपछि दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ‘ए’ मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् । पाकिस्तानले समूह चरणको अन्तिम खेल आयरल्यान्डसँग खेल्नेछ । क्यानडा २ खेलमा २ अङ्कसहित तेस्रो र अङ्कविहीन पाकिस्तान चौथो स्थानमा छ । क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डलाई हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्