Logo

सन्दीपलाई टिममा राखेर आफ्ना छोरालाई वैकल्पिक बनाएपछि के भन्छिन् प्रतीश जिसीकी आमा ?



काठमाडौं,२९ जेठ । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम २ खेलमा सहभागी हुन् पूर्व कप्तान सन्दीप लामिछाने वेष्ट इन्डिज पुगेपछि नेपाली टिममा रहेका प्रतिश जिसी रिजर्भ खेलाडीको रुपमा परेका छन् ।

भोलि बिहान अमेरिकाको फ्लोरिडामा हुने श्रीलंकासँगको खेलपछि नेपाली टोली अरू दुई खेलको लागि वेस्ट इन्डिज जानेछ। वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुने गरी सन्दीपलाई टोलीमा समेट्दा प्रतीश जिसीलाई वैकल्पिक खेलाडीको रूपमा टोलीमा राखिएको छ।

प्रतिशलाई वैकल्पीमा राखिएपछि अमेरिकामा रहेकी उनकी आमा प्रतिभा जिसीले आफ्नो धारणा सार्वजनिक गरेकी छन् । प्रतिभाले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेपछि टिममा जो हुँदा पनि नेपाली नै हुने बताएकी छन् । उनले सन्दीप नेपाली छोरा भएको बताउँदै नेपालले खेल जित्नेमा आशावादी रहेको बताएकी छन् ।

सन्दीपलाई समेटिएकोप्रति भने उनले खुसी व्यक्त गरेकी छन् । ‘सन्दीपको टिममा पुनरागमन हुँदा एकदमै खुसी छु’, उनले लेखेकी छन्, ‘नेपाल क्रिकेट टिम एउटा परिवार हो, यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो ।’ प्रतिशकी आमा प्रतिभा पनि क्रिकेट ‘फ्यान’ हुन् । 

उनले सामानजिक सञ्जालमा लेखेको स्टाटस् यस्तो छ

जुन ११ फ्लोरिडा मा हुनगइरहेको नेपाल vs श्रीलंका को गेम हेर्न जाँदै थिए। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिएन राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुने। बाबुले पनि केही भनेको थिएन।

एकैचोटि समाचार सुन्दा मनभारी भयो,फेरि सन्दीप टिममा हुँदा मन खुसी भयो। मैले नबुझेको पनि हुनसक्छु,मनमा लागेको कुरा चाहिँ स्पिनर बलरको substitute लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ? त्यो चाहिँ बुझ्न सकिन, तर यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडी हरु हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु नेपाल किर्केट टिम एउटा परिवार हो यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दिप लाइ शुभकामना ।



प्रतिक्रिया दिनुहोस्

Screenshot