Logo

सरकार पानी देउ भन्दै आएकाहरुले राखे नेताहरुको तस्विरसहित ‘लापता लापता लापता’ लेखिएको ब्यानर (फोटोफिचर)



काठमाडौं, २९ जेठ । चुरे दोहनले गर्दा तराई/मधेशमा पानीको हाहाकार भएको भन्दै महिनौं लगाएर पैदल हिँडेर आएकाहरुले नेताहरु हराएको सूचना निकालेका छन् ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि उपेन्द्र यादवसम्मको तस्विर राखेर लापता भएको लेखेका छन् ।

उनीहरुले प्रदर्शनमा राखेको ब्यानरमा तपाईहरु कता, हामी यता भनेर लेखिएको छ । उनीहरुले चुरे संरक्षण गर्नुपर्ने, दिलिप महतोलाई पर्यावरण सहीद घोषणा गर्नुपर्ने, देशभरिका क्रसर उद्योग तत्काल बन्द गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्