Logo

अहिलेको व्यवस्थाको बचाउ गर्दै गृहमन्त्री लामिछानेको उद्घोष : यही व्यवस्थाले टोपबहादुर र महरा जेल परे



काठमाडौं, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले अहिलेकै संविधान र व्यवस्थाबाट देश बनाउनसक्ने ठाउँ रहेको बताएका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा अतिथिको रुपमा बोल्दै सभापति लामिछानेले व्यवस्था ल्याउनको लागि लडेकाहरु नै अहिले गलत गर्दा यही व्यवस्थाको तागतको कारण जेलमा पुगेको भन्दै टोपबहादुर रायमाझी र कृष्णबहादुर महराको उदाहरण दिए ।

उनले अहिलेको व्यवस्थाले गल्ती गर्नेहरुलाई जेल पुर्याउनसक्ने जिकिर गरे । उनले अहिले भएको चीजलाई बेवास्ता गर्न नहुने बताए । उनले खगेन्द्र संग्रौलाको रगत तात्नु स्वाभाविक भएको बताए । उनले देशव्यापी रुपमा परिवर्तनको लहरमा देखिएको जनमतलाई पनि सम्मान गर्न आग्रह गरे । उनले राजनीतिमा पूर्वाग्रह राख्न नहुने सुझाव दिए ।

उनले आफूहरु यो तीन महिनामा सरकारमा बसेर केही पनि नराम्रो काम नगरेको दाबी गरे । उनले कति राम्रो काम गरिएको छ भन्ने कुरा हेर्दै जाने कुरा भएको बताए । उनले बाबुराम भट्टराईले नयाँ शक्तिको राजनीति आशा लिएर अझै संघर्ष गरेको भन्दै सम्मान गरे । Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot