Logo

नेपालमा आक्रामक सेवा विस्तार गर्दै भारतीय चेन होटल, बौद्धनाथ क्षेत्रमा चारतारे होटेल ‘लर्ड्स प्लाजा’ संचालनमा



काठमाडौं, जेठ ३१ । भारतसहित नेपालका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्ड्स प्लाजाले काठमाडौंमा थप सेवा विस्तार गरेको छ । भारतमा तीन दर्जन (३६) स्थानबाट होटल सेवा दिदै आएको भारतीय पब्लिक लिमिटेड कम्पनी एचएच इण्डियाले काठमाडौंको बौद्ध तुसालस्थित चार तारे अनुत्तरा लर्ड्स प्लाजाको बुधबार एक कार्यक्रमकाबिच ‘सफ्ट लञ्च’ गरेको हो ।

होटलका नेपाल रिजन प्रमुख प्रमुख सैलेज एन तेरिका अनुसार पर्यटकको सेवा र सुविधाको लागि आगामी चार महिनाभित्र पोखरा, चितवन, नेपालगन्ज, भैरहवा लगायत गन्तव्यमा आफ्नो सेवा विस्तार गर्ने योजना रहेको छ ।

उनले भने, “विगत दुई वर्षदेखि काठमाण्डौको महाकाल रामहिटिमा लर्ड्स इको इनको नाममा तीन तारे होटल संचालनमा रहेको छ । यस्तै, विरगन्जमा विगत ५ वर्ष देखि दियालो लर्ड्स प्लाजाको नाममा चार तार तारे होटल संचालनमा रहेको छ । यो संगसँगै हामिले पोखरा,भैरहवा र नेपालगन्जमा समेत सेवा विस्तारको तयारी गरेका छौ ।”

यस्तै निकट भविश्यमै अमेरिकामा समेत आफ्नो सेवा विस्तारको योजना रहेको सुनाउँदै उनले तीन रोपनी क्षेत्रफलमा फैलिएको होटल लर्ड्स प्लाजामा विभिन्न क्याटोगरीका ६० वटा कोठाहरु रहेका बताए । होटलबाट गुणस्तरीय सेवा प्रदान गर्न हामी तत्पर रहेको दाबी गर्दै उनले नेपाल धार्मिक, सास्कृतिक तथा साहसिक पर्यटनको हबका रुपमा रहेको परिप्रेक्ष्यमा सुरु गरिएको यो सेवाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बौद्ध आफैमा बुद्ध धर्मावलम्बीको लागि एउटा महत्त्वपूर्ण ठाउँ भएको र यो क्षेत्रमा होटलहरुको संख्या समेत बढिरहेको सन्दर्भमा होटल लर्ड्स प्लाजाको आगमनले यो क्षेत्रमा थप पर्यटकीय गतिविधि समेत बढ्ने उनको अपेक्षा छ । होटल लर्ड्स प्लाजाका साधारण कोठाहरुको ६५ डलर र डिलक्सको २५० डलर मूल्य रहेको छ ।

होटलमा ६ हजार स्क्वायर फिटको बैंक्विट हल पनि छ भने स्वीमिङ पुल केही महिनामा सञ्चालनमा ल्याउने तयारी छ।
होटलका ७० प्रतिशत कोठाबाट पाहुनाले सहजै बौद्ध स्तुपा देख्न सक्नेछन्। होटलले क्यासिनो सेवाका लागि क्यासिन प्राइडसँग सहकार्य गरेको छ । सन् २०१० मा गुजरातबाट सुरु भएको होटेलको अहिले भारत भर १४ राज्यमा सेवा विस्तार भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot