Logo

कांग्रेस र एमालेबीच द्वन्द्व भयो भने देश बिग्रिन्छ : निलाम्बर आचार्य (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । पूर्वराजदूत निलाम्बर आचार्यले सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउँदा उनीहरुको कार्यसम्पादनको मूल्यांकन हेरेरमात्रै निर्णय लिँदा राम्रो हुने प्रतिक्रिया दिएका छन् । सरकारले भारत, अमेरिकालगायत विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाएपछि पूर्वराजदूत आचार्यले यस्तो टिप्पणी गरका हुन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भारत र अमेरिकालगायतका देशमा राजदूत पठाउँदा सरकारले विश्वास गर्नसक्ने र सम्मान आर्जन गर्न योग्य व्यक्तिलाई पठाउनुपर्ने उनको सुझाव थियो ।

अहिलेसम्म देश नबन्नुमा कांग्रेस र एमालेले जिम्मेवारी लिनुपर्ने उनको टिप्पणी छ । उनले भने,‘कांग्रेस र एमालेले चाहे देश बन्छ । तिनीहरुले बनाए देश बन्छ, तिनीहरुको बीचमा द्धन्द्ध भयो भने देश बिग्रिन्छ । त्यसकारण देश बनाउनको लागि सकारात्मक कार्यक्रममा कांग्रेस र एमाले दुई दल सँगै हुनुपर्यो ।मुलुकको रचनात्मक कार्यमा सँगै हुनुपर्यो । पार्टी बेग्लाबेग्लै हुन्छ ।’ उनले देशमा राजनीतिक स्थायित्व र निर्वाचन प्रणालीबारे केही सुधार गर्नको लागि पनि कांग्रेस र एमाले त मिल्नैपर्ने जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot