Logo

सरकारी अस्पतालमा बिरामीले लाईन बस्न घण्टौं कुर्नुपर्ने अवस्था छ, यस्तो बाध्यता हटाउनुपर्छ : सुनिता बराल



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) प्रभावशाली नेतृ तथा सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा प्रवाहमा सुधारको माग गरेकी छिन् । उनले अहिलेपनि सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल त्यस्तो बाधा हटाउन सरकारको ध्यानाकार्षण गराएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् ।

ृउनले भनिन्,‘आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपीडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरूका लागि सोच्नुपर्ने अवस्था छ । दुई–चारवटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक–पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot