Logo

सांसद जुली महतोको प्रश्न : गरिव घर पहिचान कहिलेसम्म गर्ने हो ?



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले गरिब घर पहिचान कहिलेसम्म गर्ने हो भन्दै सरकारसमक्ष प्रश्न गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद महतोले यस्तो प्रश्न गरेकी हुन् ।

उनले भनिन्–‘मन्त्रालयको बजेट हेर्दा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि क्रमशः २ करोड ७१ लाख र २ करोड ४२ लाख गरी कुल ५ करोड १३ लाख विनियोजन भएको देखिन्छ । गरिब घरपरिवार पहिचान कहिलेसम्म गर्ने हो ? र, परिचयपत्र कहिलेसम्म वितरण गरिने हो ? गरिब घरपरिवारले परिचयपत्र पाउँदामात्रै खुशी मानिरहनुपर्ने हो वा सो परिचयपत्र पाएबापत राज्यले उनीहरुको कसरी सामाजिक न्याय अनुभूति गर्छ ? त्यसबारे बजेटमा केही उल्लेख छैन् । यसमा थप प्रष्टताको आवश्यकत्ता छ ।’

उनले अहिले त गरिबसँग विश्वेश्वरको पनि हालत त्यस्तै रहेको टिप्पणी गरिन् । उनले सुकुम्बासी समस्या समाधान गर्नै कुरा गरिएपनि त्यो समस्या कहिलेसम्म समाधान गर्ने भन्ने कुरा बजेटमा सुनिश्चित्ता नगरिएकोमा गुनासो पोखिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot