Logo

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान (फोटोफिचर)



काठमाडौं, ३१ जेठ । नेपाल प्रहरीमा बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । एसपीबाट एसएसपीमा बढुवा हुनेमा श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङ छन् ।

बढुवा समितिले १८ जेठमा गरेको सिफारिस अनुसार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

यस्तै, प्रहरी उपरीक्षक (डीएसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) मा बढुवा हुनेमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् । उनीहरुलाई पनि आजै प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सबै तस्विर : नेपाल प्रहरी/फेशबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot