Logo

भारतमा बाढीपहिरो बाट छ जनाको मृत्यु



कोलकता (भारत), ३२जेठ । भारतको उत्तरपूर्वको दुर्गम क्षेत्रमा भारी वर्षा पछि आएको आकस्मिक बाढी र पहिरमा परि छ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार एएफपीलाई बताएका छन् ।

भारतीय पर्यटकहरूमा लोकप्रिय चिनको सिमानामा रहेको राज्य सिक्किमको प्रभावित क्षेत्र वरपर पाँच जना बेपत्ता भएका छन् । राज्य सरकारका वरिष्ठ अधिकारी गोपीनाथ राहाले तिस्ता नदीको बाढीले सडक तथा पुलहरू बगाउनुका साथै एक हजार पाँच सय भन्दा बढी मानिसहरु बाढीमा फसेको बताएको छ ।

बिहीबार बिहान तिस्ता नदीको जलस्तर खतराको निशान नाघेकोले सडकमा गम्भीर क्षति पुगी यातायात अवरुद्ध भएको उनले बताएका छन् । उनका अनुसार सिक्किमको उत्तरी भागका विभिन्न बिन्दुहरूमा एक सय भन्दा बढी सवारी साधनहरू प्रभावित भएका छन् ।

मङ्गन जिल्ला प्रहरी अधीक्षक सोनम डिचूले राज्यको उत्तरका केही भागहरू “देशका बाँकी भागहरूबाट काटिएको उल्लेख गर्दै बाढीले उक्त क्षेत्रका धेरै घरहरू बगाएको उनले जनाएका छन् ।

सिक्किमको राज्य विपद् एजेन्सीले उद्धार कार्य जारी रहेको तर स्थानीय मोबाइल फोन नेटवर्कमा भएको क्षतिले राहत कार्यमा बाधा पुर्‍याएको बताएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सरकारले प्रभावित परिवारलाई सहयोग प्रदान गर्ने काम गरिरहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot