Logo

महिला जननाङ्ग विकृति (एफजीएम) सम्बन्धी विश्वव्यापी कारबाही आवश्यकः राष्ट्र सङ्घ



जेनेभा (स्वीजरल्याड), ३२जेठ । महिला जननाङ्ग विकृति (एफजीएम) प्रक्रियाका लागि युवतीहरुलाई उनीहरुको परिवारले अन्य देशहरुमा लैजाने क्रम बढ्दो भएपछि यस विरुद्धको लडाइँ कमजोर भइरहेको संयुक्त राष्ट्र सङ्घले शुक्रबार चेतावनी दिएको छ ।

यसले सीमापार र अन्तरदेशीय एफजीएमको समस्या समाधान गर्न ठोस विश्वव्यापी कारबाही आवश्यक रहेको बताएको छ । धेरै देशहरूले एफजीएम उन्मूलन गर्ने प्रयासहरू बढाएको छ । यो अभ्यास विश्वभर जारी रहे पनि केही क्षेत्रका मानिसहरुले युवतीहरूलाई गोप्य रुपमा विदेश लगेर यो प्रक्रिया गराउने अभ्यासका कारण यस्तो अवस्था आएको संयुक्त राष्ट्र मानव अधिकार कार्यालयबाट जारी प्रतिवेदनले जनाएको छ ।

विशेष गरी युरोप र उत्तरी अमेरिकाका परिवारहरूले आफ्ना छोरीहरूलाई स्कूल बिदाको समयमा एफजीएम गर्न आफ्नो मूल समुदायमा लैजाने गरेको कार्यालयले जनाएको छ ।

अफ्रिकाका अधिकांश देशहरूले यस अभ्यासलाई अपराधीकरण गरेको भएतापनि केही देशहरूले अन्तरदेशीय एफजीएम हबहरूु को रूपमा सेवा गरेको प्रतिवेदनले जनाएको छ ।

महिला जननाङ्ग विकृति लैङ्गिक हिंसाको हिस्सा भएको जनाउदै मानव अधिकारको सम्मान गर्ने ब्रह्माण्डमा यसको कुनै स्थान नभएको संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा जनाए ।

राष्ट्रसङ्घींय बाल एजेन्सी (युनिसेफ)ले एफजीएमलाई “महिलाको बाह्य अङ्गहरु गैर–चिकित्सा कारणले आंशिक वा पूर्ण रूपमा हटाउने“ भनेर परिभाषित गरेको छ ।

यसले सङ्क्रमण, रक्तस्राव, बाझोपन र प्रसवमा हुने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने युनिसेफले जनाएको छ । राष्ट्रसङुघकोे यौन र प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपिए)का अनुसार आज जीवित २० करोडभन्दा बढी बालिका र महिलाहरूको एफजीएम भइसकेको छ ।

“यदि यो अभ्यास हालको गतिमा जारी रह्यो भने सन् २०१५ देखि २०३०को बीचमा अनुमानित ६८ मिलियन केटीहरूको एफजीएमको सिकार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot