Logo

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर फिल्डिङमा धमाका मच्चाउँदै नेपाल, यी हुन नेपालले पाएका पाँच सफलता



काठमाडौं, असार १ । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने खेलमा सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन् । सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा समेटिएका हुन् । बाँकी नेदरल्यान्ड्ससँग पहिले खेलेकै टोली रहेको छ ।

नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।

विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । जारी खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएर नेपालाई पहिलो सफलता दिलाएका छन् ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले विकेट लिएर नेपाललाई दोस्रो सफलता दिलाएका छन् । ऐडन मार्क्रम १५ रन बनाएर आउट भए । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए । डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् । त्यस्तै, कुशल भुर्तेलले लगातार दोस्रो विकेट लिएर नेपाललाई तेस्रो सफलता दिलाएका छन् । हेनरिच क्लासन मात्र ३ रन बनाएर आउट भए । उनले चौथो ओभरको चौथो बलमा आफैले डि ककको क्याच लिएका थिए ।

डि कक ११ बलमा १० रन बनाउँदै बाहिरिएका हुन् । दीपेन्द्र सिंह ऐरीले नेपालका लागि विकेट लिदै रिजा हेन्डरिक्स ४३ रनमा आउट बनाए। दीपेन्द्रसिंह ऐरीले १७औं ओभरको तेस्रो बलमा विकेट लिएर नेपाललाई पाँचौ सफलता दिलाएका छन् । उनले डेभिड मिलरलाई ७ रनमा आउट बनाए । दक्षिण अफ्रिकाले १७।३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्